सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने तयारीमा सलमान खान

एजेन्सी- सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई पनि फिल्ममा ल्याउने भएका छन् । भारतमा सुनिल ग्रोवरलाई सशक्त भूमिका दिएपछि सलमान खानले कपिल शर्मालाई पनि फिल्ममा काम दिने योजना बनाएको भारतिय मिडियाले जनाएका छन् ।कपिल शर्मा र सुनिल ग्रोवरको दोस्ती भलै टुटिसकेको छ तर आजकाल दुबैको प्रतिभालाई सलमान खानले उजागर गर्ने काम गरिरहेका छन् । फिल्म शेरखानमा सलमानले कपिल शर्मालाई फिल्ममा ल्याउने बताइएको छ ।

स्तवमा, सलमान आफ्नो कान्छा भाइ सोहेल खानको शेरखानलाई सुरु गर्ने तयारी गरिरहेका छन् । फिल्म निकै लामो समयदेखि रोकिएको छ । यो प्रोजेक्ट स्क्रिप्ट फाइनल नभएका कारण ढिला भइरहेको थियो । हुन त फिल्ममा कपिल शर्मा हुनुको एउटा विशेष कारण पनि छ ।

जब कमेडी सर्कसमा कपिल प्रतिस्पर्धीको काम गरिरहेका थिए त्यतिबेला सोहेलले कपिललाई आफ्नो नयाँ फिल्म शेरखानमा पक्कै पनि अनुबन्ध गराउने वचन दिएका थिए ।यति बेला सलमान खान अभिनित फिल्म भारतले बलिउडमा तहल्का मच्चाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मजदुर र कर्मचारीको आन्दोलनका कारण एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण