सलमान र प्रभासका प्यानका लागि खुशीको खबर

मुम्बई । बलिउड अभिनेता सलमान खान र चर्चित चलचित्र ‘बाहुबली’ का अभिनेता प्रभास एउटै चलचित्रमा खेल्ने भएका छन् । एक्सन ड्रामा वेसमा बनेको प्रभासको चलचित्र ‘साहो’ मा सलमानले पनि अभिनय गर्दैछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

चलचित्र निर्माताले बलिउडका हस्ती खानलाई अतिथि कलाकारको रूपमा प्रस्ताव गरेका छन् । चलचित्रको सुटिङको काम लगभग सकिईसकेको छ । यसअघि नै यस चलचित्रको फस्टलुक, पोस्टर र टिजरसमेत सार्वजनिक भएको छ । चलचित्र ‘साहो’ मा यदि सलमान अतिथि कलाकारका रूपमा जोडिन पुगे भने सुटिङलाई केही तन्काउने तयारीमा निर्माण पक्ष रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त चलचित्रमा निल नितिन मुकेशको मुख्य भूमिका रहेको छ । चलचित्रमा उनी खलपात्रको रूपमा प्रस्तुत हुँदैछन् । निलले नै निर्मातालाई चलचित्रमा सलमानलाई पनि समावेश गर्ने सुझाव दिएका थिए । निल सलमानको निकै नजिक रहेका कलाकारका रूपमा परिचित छन् । उनीहरूले ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरेका थिए ।

जसमा निलले खलपात्रकै भूमिका निभाएका थिए । तर, सलमानले ‘साहो’ का लागि अझैसम्म कुनै जवाफ दिएका छैनन् । यसैबीच मंगलबार अभिनेता प्रभासले ‘साहो’ को नयाँ लुक पोस्टर सार्वजनिक गरे । यो चलचित्र १५ अगस्टदेखि प्रदर्शनमा आउँदैछ । सुजितले निर्देशन गरेको यस चलचित्रमा प्रभासका साथमा अभिनेत्री श्रद्धा कपुर, मन्दिरा बेदी, निल नितिन मुकेश, जैकी श्राफ, महेश मान्जरेकर, चन्की पाण्डे लगायतका कलाकारको अभिनय छ । साहो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । पछिललो समय अभिनेता सलमान चलचित्र ‘भारत’ को प्रमोसनको काममा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

शीतलनिवासबाट सिंहदरबार पुग्न ५ दिन!

बाघ निर्माता छवि ओझाका पूर्वपत्नी रेखा र वर्तमान श्रीमती शिल्पाबीच जम्का भेट भएपछि