नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको १० कार्टुन मदिरा प्रहरीद्वारा बरामद

नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर गाउँपालिकाबाट ३०० बोतल मदिरा बरामद गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–३ गैरसाहाबाट १० कार्टुुन ३०० बोतल नुरी सोफिया मदिरा बरामद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ जम्दहबाट बेवारिसे अवस्थामा छ थान साजको काठ र दुई थान सालको काठ बरामद गरेको छ । बरामद काठ थप अनुसन्धानका लागि डिभिजनल वन कार्यालय लहान सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गुठी विधेयकबारे मानवअधिकार आयोगले भन्यो ‘वार्ताबाट समाधान खोजौँ’

विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा ,गर्छन मनग्य आम्दानी