रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला ,सवारीसाधन केरूङ जान थाले

पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो ।

सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ त्यसैलाई पालोको हिसाबले मालसामान लिन जान पाउनुपर्ने माग पूरा भएको बताइएको छ । केरूङ जाने क्रममा चक्काजाम गरी टिमुरे क्षेत्रमा रोकिरहेका १०० सवारीसाधन क्रमशः प्रस्थान भइरहेको सीमा प्रहरी चौकी टिमुरेले बताएको छ । केरूङबाट सामान बोकी आएका स्याउका ६७ ट्रक कन्टेनर भने नेपाल प्रवेश गरिसकेको प्रजिअ भण्डारीले बताउनुभयो । केही असहमत पक्षसँग भने संवाद चलिरहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आफ्नो प्राणलाई हत्केलामा राखेर विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी निकै सक्रिय : गृहमन्त्री थापा

एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण चीनमा १७ को मृत्यु, ९० हजार प्रभावित