आफ्नो प्राणलाई हत्केलामा राखेर विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी निकै सक्रिय : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउनुभएको छ । चितवनको इच्छाकामना– ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्धारको नमूना प्रदर्शनको क्रममा   गृहमन्त्री थापाले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

गृहमन्त्री थापाले भन्नुयो, “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिरहनु भएको छ, तपाईहरुप्रति सिङ्गो देश नै गौरवान्वित भएको छ ।” त्रिशूली नदीमा ‘विपद् व्यवस्थापन तालीम केन्द्र’ कुरिनटारबाट तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारको नमूना प्रदर्शन गरेका थिए । उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्ति, पानीमा डुबेकाको खोजीमा गोताखोरले गर्ने र ¥याफटिङ पल्टिँदा दुर्घटनामा परेकाको उद्धार गर्ने तरिका प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलले झण्डै ११ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरी उद्धार गर्ने व्यक्तिलाई तालीम दिँदै आइरहको छ । विशेष गरी केन्द्रबाट आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ ।

गृहमन्त्री थापाले त्यहाँ रहेको ट्रमा सेन्टरको पनि अवलोकन गर्नुभएको थियो । कूल २५ श्याको ट्रमा सेन्टर अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी सो सेन्टर निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भारतमा विकसित भएको ‘चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा’

रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला ,सवारीसाधन केरूङ जान थाले