परमाणु गतिविधिलाई निरन्तरता, उत्तर कोरियाले गर्‍यो मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले आफ्नो परमाणु गतिविधिलाई निरन्तरता दिएको छ । यसैक्रममा उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो । होदो क्षेत्रका मिसाइल प्रक्षेपण भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ससँग गएको फेब्रुअरीमा भएको उत्तर कोरियाली नेता किम जोङ–उनको वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आमाः संसारकै सबभन्दा महान् आमाको मुख हेर्ने दिन आज

Govt policies, programmes mere package of slogans: Dr Bhattarai