लगातार परेको असिना पानीले गहुँबालीमा क्षति पुगेपछि आकाश हेर्दै गहुँ काट्दै किसान

दैलेख- दैलेखका विभिन्न स्थानमा लगातार परेको असिना पानीले गहुँबालीमा क्षति पुगेपछि असिना नपरेका स्थानका किसान अहिले अलीअली बचेको गहुँबाली घर भित्र्याउन व्यस्त छन् । दैलेख र जाजरकोटको सिमानामा पर्ने जगनाथ र पगनाथका एक हजार बढी किसान असिना पानीबाट जोगाउन आकाश हेर्दै गहुँ काट्न व्यस्त भएका हुन् । गहुँ काट्ने, काटेको गहुँ मुठा पार्ने, मुठा पारेको गहुँ भारी बनाएर बोकेर घरमा ल्याउन उनीहरु तल्लिन छन् ।

बारीमा गहुँ काट्दै गर्दा एक्कासि असिना आइदिने हो कि भनेर आकाशतिर हेर्दै बाली काट्नुपर्ने बाध्यता छ ।जगनाथ र पगनाथ क्षेत्रका किसानको मकै पछिको मु बाली नै गहुँबाली रहेको छ । गहुँले किसानलाई तीन महीनासम्म जेनतेन धान्ने गरेको स्थानीय नेत्रबहादुर थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार