काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार डिजिटल नेपालको अभियानमा तीव्र गतिले अगाडि बढेको बताएकी छिन्। संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति भण्डारीले डिजिटल नेपालको फ्रेमवर्कमा सरकार काम गरिरहेको बताएकी छिन्। उनले भनिन्, ‘ डिजिटल नेपालमा मार्फत नेपाललाई अगाडि बढाउन सरकारले डिजिटल नेपालको अभियान मार्फत काम गरिरहेको छ। चाडै सबै नगरपालिका र गाउँपालिकाहरुमा सरकारी एप्स आउनेछ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता बढाउने जानकारी दिएकी छन् । आगामी वर्षदेखि सरकारले पूर्वपश्चिम रेलमार्गको काम सुरु गर्ने जानकारी दिएकी उनले विस २१००सम्ममा नेपाल समृद्ध मुलुक बनाउने गरि सरकारले योजना ल्याएको जानकारी दिइन् ।
Comments
0 comments