काठमाडौं । नेपाल सरकारले विक्रम सम्वत २१०० सम्ममा नेपाल समृद्ध मुलुक बन्ने योजना लिएको बताइएको छ । संघीय संसदको शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विस २१००सम्ममा नेपाल समृद्ध मुलुक बनाउने गरि सरकारले योजना ल्याएको जानकारी दिएकी हुन् ।
मुलुकका विभिन्न निर्माणाधीन विकासका योजनाहरु समयमै सम्पन्न हुने जानकारी दिँदै उनले आर्थिक वृद्धिदर बढ्ने अपेक्षा लिएकी छन् । सरकारको तर्फबाट आर्थिक वर्ष २०७६–७७ को वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने क्रममा उनले प्रदेश र स्थानीय तहमा औद्योगिक क्षेत्रको रुपमा विकास हुने आशा लिएकी छन् ।
Comments
0 comments