प्रादेशिक मन्त्री बोहरा भन्छन्, ‘प्रदेश सरकारलाई ‘संघीयता धान्न गाह्रो हुन सक्छ’

कैलाली । सरकारको औचित्यमाथि केही दलहरुले प्रश्न उठाएर आन्दोलन गरिरहेका बेला प्रादेशिक सरकारका एक मन्त्रीले प्रदेशलाई संघीयता धान्न गाह्रो हुन सक्ने अभिव्यक्ति दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजस्व संकलनमा केन्द्र सरकार लचिलो नबने संघीयता धान्न प्रदेश सरकारलाई गाह्रो हुने बताएका हुन् ।

प्रेस क्लब धनगढीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले चालु आर्थिक वर्षमा आफूहरुले १ अर्ब ३० करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ८० करोड रकममात्र राजस्व संकलन गर्न सक्ने बताए ।

जनप्रतिनिधिले नीहित स्वार्थभन्दा जनताको सेवामा लागे मात्र संघीयता सफलहुने नत्रसंघियता नै असफलबन्न सक्ने उनको भनाइ छ । यस बर्ष कानुनअभावकाकारण न्यूनमात्रामाबजेट खर्चभएको भन्दै मन्त्रीबोहराले आउदो बर्ष अपेक्षितमात्रामा बजेटको खर्च हुने बताए ।

अघिल्लो वर्ष आएको २५ अर्ब ६ करोड रकममा प्रदेश सरकारको ९ महिनामा१५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च गर्न सकेको छ । तर, भौतिक प्रगति भने त्यसको दोब्बर भएको मन्त्रीले बताए । वर्षको अन्त्यसम्म ६० प्रतिशत पूँजीगत बजेट खर्च हुने प्रदेश सरकारको अनुमान रहेको छ ।

आउँदो वर्ष २०७६(७७को बजेटका लागि प्रदेश सरकारले तयारी र छलफल थालिसकेको मन्त्री बोहराले बताए । कानुन र कर्मचारी अभावका कारण यो वर्ष आर्थिक प्रगति गर्न नसकेको भन्दै उनले आउँदो वर्ष भने अपेक्षित रुपमा आर्थिक प्रगति हुने बताए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भिरबाट लडेर गुल्मीमा चेतरामको मृत्यु

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवरुद्ध