आगामी छ महीनामा ‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो ।
उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले सङ्घले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राख्नुभयो । “सङ्घ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ”, उहाँले भन्नुभयो, “सङ्घले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।”

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले कर्णाली प्रदेशलाई कस्तोरुपमा सम्बोधन गर्दछ भन्ने कुरा आज घोषणा गरिने नीति तथा कार्यक्रमबाट थाहा हुने जानकारी गराउनुभयो ।उहाँले कर्णाली प्रदेश न्यायको खोजीमा रहेको भन्दै मानव विकासको सूचाङ्कलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । पहिलो वर्ष कानून निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपालका ऊर्जा उद्यमीसँग मिलेर जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार

सगरमाथामा भीषण हावाहुरी आउँदा २० वटा टेन्ट उडायो