काठमाडौं । आइसीसी टी–२० वरीयतामा नेपालले प्रगति गरेको छ । आइसीसीले शुक्रबार जारी गरेको वरियतामा नेपालले तीन स्थान माथि उक्लिँदै प्रगति गरेको देखिएको हो । आइसीसीले जारी गरेको वरीयता क्रममा नेपाल ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।
११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरीयतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमशस् तेस्रो र चौथो स्थानमा छन् ।
पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्ट इन्डिज आठौं र नवौं स्थानमा छन् ।
Comments
0 comments