कारागार भित्र नाइके र कैदीबीच झपड, ५ जना घाइते

दाङ । दाङको घोराही स्थित कारागार भित्र रहेका झडप हुँदा ५ जना घाइते भएका छन् । कारागार भित्र रहेका नाईके र कैदी बन्दी बीच झडप हुँदा ४ जनाको टाउकोमा चोट लागेको छ भने १ जनाको हात भाचिएको कारागार शाखाले जनाएको छ । रातको २ बजे एकाएक झगडा शुरु भएकाले सुरक्षा निकाय भित्र पुग्न ढिला भएको बताइएको छ ।

घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरि हाल कारागारमै राखिएको छ । कारागारका नाईकेहरु र कैदीबन्दी बीच आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा झडप भएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सम्मिलित समिति बनाएर छानविन शुरु गरिएको बताइएको छ । ७० जनाको क्षमता रहेको कारागारमा ३१७ जना कैदीबन्दी बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Rain coupled with wind forecast today, tomorrow

Speaker Mahara meets ailing leader Budha