अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई लक्षित गरि नयाँ नियम लागू गर्‍यो

अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई लक्षित गरि नयाँ नियम लागू गरेको छ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक यही मे १ देखि नयाँ नियम लागू भएको जनाएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नुपर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टि्फिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् ।

जारी गरिएको सूचनामा नेपाल विश्वको ४७ औं ठुलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ । प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ । पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न आउने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Locals shifting settlement for drinking water

नेपालमा पनि पर्‍यो चक्रवात आँधीको प्रभाव, काठमाडौं उपत्यकामा पर्‍यो मेघ गर्जनसहित पानी