नेपालमा बर्ड फ्लूबाट युवकको मृत्यु, मानिसबाट मानिसमा सर्छ बर्ड फ्लू ?

काठमाडौं । नेपालमा पहिलोपटक बर्ड फ्लू संक्रमणबाट मानिसको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनु्सार काभ्रेका २१ वर्षे युवकको बर्ड फ्लूका कारण मृत्यु भयो । उनको उपचाका क्रममा गएको चैत १५ गते मृत्यु भएको हो । नेपालमा यो पहिलो घटनाको हो । जसले मानिसलाई त्रसित बनाएको छ । चिकित्सकहरुले बर्ड फ्लू मानिसमा एकदमै कम अवस्थामा मात्रै सर्न सक्ने बताएका छन्। उनीहरुकाअनुसार बर्ड फ्लू मानिसमा सर्नु एकदमै दुर्लभ हो । सन् १९९६ मा यो भाइरस पत्ता लागे पनि व्यक्तिमा भने सबै भन्दा पहिला यो हङ्कङमा सन् १९९७ मा पहिलो पटक देखा परेको थियो।

कुखुरा वा पक्षीहरुको र्याल, सुलि, हाछिउँ, मासु, दिशा आदिबाट मानिसमा सर्न सक्छ तर मानिसबाट अर्को मानिसमा सर्छ भन्ने गरेता पनि अहिलेसम्म कुनै पुष्टि भने नभएको चिकित्सकहरुको भनाइ छ ।
मानिसहरु डराउनु र आत्तिनु पर्ने कुनै पनि त्यस्तो अवस्था नभए पनि कुखुरा पाल्ने, कुखुरा ओसार पसार गर्ने, कुखुरा बेच्ने व्यक्तिहरु भने सतर्क रहनु पर्ने उनीहरुको सुझाव छ ।

तर निमोनिया, स्वासप्रस्वासका विरामीलाई यसले छिटो आक्रमण गर्ने गर्दछ। समयमा उपचार हुन नसके यसले जटिल समस्या समेत उत्पन्न गर्न सक्छ।भियतनाम, थाइल्यान्ड, क्याम्बोडिया, इन्डोनेसिया, इराक, टर्की, इजिप्ट जस्ता देशहरुमा बर्ड फ्लू समय–समयमा देखिने गरेको पाइन्छ। दक्षिण एशियामा भने पाकिस्तान र बंगलादेशमा सबै भन्दा धेरै यसका संक्रमण देखिने गरेता पनि नेपालमा भने मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

बर्ड फ्लूका लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, स्वास फेर्न गाह्रो हुने र पखाला लाग्ने चिकित्सकले बताएका छन् । उनीहरुकाअनुसार यसबाट बच्न कुखुराको नजिक बसेर काम नगर्ने, कुखुराको सुलिहरु नछुने, वरपरको वातावरण सफा राख्ने र व्यक्तिगत सरसफाईमा ध्यान दिने छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

US calls for cautious EU policy on 5G networks

पानीका मुहान भटाभट सुक्न थालेपछि बस्ती सार्दै स्थानीयवासी