सेमिफाइनलको पहिलो लेगमा आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा सहज जित निकालेको छ । घरेलु टोली आर्सनलले बिहीबार राति भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गर्दै आर्सनललाई जित दिलाए । भ्यालेन्सियाका लागि मोक्टर डियखाबीले गोल गरे ।

सुरुवाती अग्रता भने भ्यालेन्सियाले लिएको थियो । खेलको ११औं मिनेटमा डियखाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको १८ औं मिनेटमा एलेक्जेन्डरले गोल गर्दै आर्सनललाई बरारबी दिलाएका थिए । उनले फेरि अर्को गोल खेलको २५औं मिनेटमा गरेसँगै आर्सनलले २–१ गोलको अग्रता बनाएको थियो ।

उनकै गोलमा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लिएको थियो । आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै ३–१ गोलको जित दर्ता गरेको हो । खेलको ९० औं मिनेटमा अबुमियाङले गोल गर्दै ३–१ को जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

State-5 government intensifies preparation for budget formulation

सांसदलाई १६ लाखको ब्याग, पैसाको खोलो अभियानका नाममा बगाउँदै प्रदेश सरकार