पोखराका यि होटल संचालकलाई पाहुना बस्न आएकाले गरे अपहरण, तीन भारतीय पक्राउ

काठमाडौँ – पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेलको अपहरणमा परेको केही समयमै उद्धार भएको छ । बैदाम प्रहरीले अपहरणमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ । पौडेललाई अपहरण गर्ने भारतीय विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय पक्राउ गरिएको डिएसपी कोमल शाहले जानकारी दिए ।

वडा प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेको हो । डिएसपी शाहका अनुसार अपहरणमा परेको जानकारी पाउनसाथ स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलामा रोकिएको थियो । अपहरणकारी र उनीहरुले प्रयोग गरेको बी आर १ सी डब्लू ५२७४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर धर्म केसीले जानकारी दिए ।

अपहरणमा परेका पौडेलको अहिले पोखराको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले होटल सञ्चालक पौडेलको अपहरणको कारण खुल्न बाँकी रहेको बताए । ‘बिल कै कारण यसरी अपहरण गरेको हुन नपर्ने हो, प्रारम्भमा बिलकै कारण हो जस्तो देखिएपनि अन्य कारणपनि हुन सक्छन्, यसको सुष्मरुपमा अध्ययन गर्छौँ’, उनले भने । अपहरणकारी उपर शारिरीक बन्धक तथा अपहरण मुद्दा चलाइने उनले बताए ।

यस्तो छ घटना विवरण

भारतको विहारबाट पोखरा आएका सुनिलकुमार तिवारी, सुन्दरम तिवारी र अविजित राय मंगलबार साँझ ५ बजे होटल निलकमल पुगेका थिए ।

होटलमा रात बिताएका उनीहरुले झन्डै २५ हजार बराबरको रकम तिर्नु पर्ने थियो । बिहान ७ ः४५ बजे आफुसँग पैसा नभएकोले एटिएमबाट पैसा निकालेर दिने भन्दै उनीहरुले पौडेललाई गाडिमा राखेर सृजना चोकतर्फ लागे ।

उनीहरु राष्ट्र बैंक चोक हुँदै ड्यामसाईड पुगेर होटल केसीमा चिया खाएको पौडेल बताउँछन् । पृथ्वीचोकबाट ड्यामसाईडसम्म पुग्दा आफुलाई शंका लागेकोले पौडेलले तिमीहरुले के गर्न खोजेको भन्दै प्रश्न गरे । पौडेलले प्रहरी र आफन्तलाई फोन गर्न खोज्दा उनीहरुले मोबाईल नियन्त्रणमा लिएर मुख थुनेर कुट्दै घाँटी अठ्याएका थिए ।

गुडिरहेको गाडिबाट चिच्याउँदै उनले खुट्टाले कारको ढोकामा हान्दा ढोका खुलेर ग १ ज १८८९ नंम्बरको ट्याक्सिसँग ठोकिएको थियो । ट्याक्सिका चालक तोयनाराण ढकालले ‘मलाई बचाउ’ भन्ने आवाज सुनेपछि अपहरणकारीले गुडिरहेको गाडिबाट पौडेललाई बाहिर हुत्याइ दिएका थिए ।

सडकमा बजारिएका पौडेललार्ई स्थानीयले उद्धार गरी छोरेपाटन प्रहरी चौकी पु¥याइ बैदाम प्रहरीलाई खबर गरेका थिए । तत्कालै केही युवाले उक्त गाडिको पिछा गरेका थिए । पौडेललाई अपहरण गरेर भागेको कार भोटे क्याम्प हुँदै प्रहरी चौकी छलेर स्याङ्जाको फेदीखोला पुगेको थियो । फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारीलाई समातिएको हो । -नयाँपत्रिका दैनीकबाट

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एकदिवसीय वरियतामा नेपाल यथावत्, शीर्ष स्थानमा इङ्ग्ल्याण्ड

संसदमा आज राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै