काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थ्तिीमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरुको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरु के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने ।
‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तै छ , गीतले भन्थ्यो ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’ उनले थपे ।
Comments
0 comments