हिमपहिरोमा परेका सुजनको २४ घण्टापछि हेलिकप्टरमार्फत जीवितै उद्धार

रुकुमपूर्व, (रासस) हिमपहिरामा परेका सुजन खड्काको २४ घण्टापछि जीवितै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङका १७ वर्षीय खड्का लालपाटन हिमालको हिउँसाँघुमा हिम पहिरोमा परेका थिए । हिमपहिरोमा परी घाइते खड्कालाई उपचारका लागि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पा जान भनेर घरबाट निस्कनुभएका खड्का हिमपहिरोमा पर्नुभएको थियो । खड्कासँगै जानुभएका रामचन्द्र रोकाय सामान्य घाइते हुनुभएको छ । खड्काको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेकपाका पोलिटब्यूरो सदस्य विरहीले भने, ‘ नेकपाविरुद्ध कारबाही परेका पत्रकार परिचालित भए’

भारतको ओडिसामा चक्रवात आँधीको प्रभाव सुरु, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो