बालुवाटारको मात्रै होइन धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा भेटियो

काठमाडौँ – धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । यो समाचार नागरिक दैनिकमा प्रशान्त लामिछानेले लेखेका छन् । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो ।

निलो पुल (गोपिकृष्ण हल) अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

हात्तीको दारासहित बिक्री गर्ने उद्देश्यले हिँडिरहेका दुई जना काठमाडौँबाट पक्राउ

नेकपाका पोलिटब्यूरो सदस्य विरहीले भने, ‘ नेकपाविरुद्ध कारबाही परेका पत्रकार परिचालित भए’