जङ्गली जनावरको छाला र भालुको पित्तसहित शङ्कास्पद तरिकाले हिँडिरहेका पाँच जना पक्राउ

भादगाउँ-भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित लाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौँ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलञ्जोर– ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षीय विष्णुबहादुर माझी रहेका छन् ।

भक्तपुरको सूर्यविनायक चोकमा शङ्कास्पद तरिकाले हिँडिरहेका अवस्थामा उनीहरुलाई दुई थान बाघको छाला र करीब ७५ ग्राम भालुको पित्तसहित बुधबार साँझ ७ः३० बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

“जङ्गली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शङ्का लागेपछि जाँच गर्दा साँझ ७ः३० बजे उनीहरुलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक पोखरेलले भन्नुभयो । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सरकारी सम्पत्तिको दुरुपोग गर्न कसैलाई छुट छैन,‘महासचिव’ भनेर लालपूर्जामा लेखेको छैन

को बन्छ करोडपतिमा ‘जात्रै जात्रा’का दयाहाङ राई र विपिन कार्कीले गरे राजेशका प्रश्नको सामना, कति रकम जिते होलान् ?