प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने, कहिले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेका जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री ओलीले मे महिनाको ९ देखि १३ तारेखसम्म(वैशाख २६ देखि ३० गतेसम्म) भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् । भियतनामले ३० वर्षयता गरेको तीब्र आर्थिक प्रगति र उक्त देश विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएकाले उनीहरुको अनुभवबाट नेपालले सिक्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रदेश २ को राजधानी तोक्न गठित आयोगले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझायो

सर्वाेच्च अदालत उभियो घरधनीको पक्षमा, धक्का लाग्यो सडक विस्तार अभियानमा