काठमाडौं -तपाईले कहिले रुखमा पैसा फलेकोे सुन्नु भएको छ ?यो कुरा दन्त्य कथामा मात्र आधारीत रहेक छ । तर बेलायतमा एउटा यस्तो रुख छ जहाँको रुखमा पूरै पैसाको सिक्का फल्छ । जुन बेलायतकै १७०० वर्ष पुरानोल रुख हो । पीक जिल्लामा रहेको यस रुखमा बेलायतको मात्रै नभएर संसारका हरेक देशका सिक्का जोडिएका छन् ।
यो धार्मिक प्रयोजनको लागी तयार गरीएको रुख हो । यस रुखमा सिक्का फलेको त होइन् तर, रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वास रहेको छ । यहाँ संसारभरबाट आउने मानिसले रुखमा सिक्का लगाईदिन्छन् । यसै कारणले गर्दा सो स्थान पर्यटकीय स्थल बनेको छ ।

Comments
0 comments