राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठमा भरतपुरमा हुने

चितवन- राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।

सबै स्थानीय तहले स्थानीयस्तरमा खेल खेलाएर छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराई प्रदेशको प्रतियोगिताका लागि छनोट गराइने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले बताउनुभयो । उहाँका अनुसार १८ वर्ष उमेर नकाटेका कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीलाई प्रतियोगितामा सामेल गराइनेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

के राख्ने प्रदेश २ को नाम ? कुन ठाउँलाई तोक्ने स्थायी राजधानी ? बुझायो समितिले सरकारलाई प्रतिवेदन

Minister Gyawali back home from China