काठमाडौं । घर मन्दिर हो । घरको सधै पूजा आरधना गर्नु पर्दछ । तर धेरै जसो मानिसह घरमा आफ्नो अफिस तथा बजारबाट फर्किएर आफुले लगाएको जुत्ता वा चप्पल नखोली घरमा प्रवेश गर्ने गर्दछन् । धार्मिक दृष्टिले हेर्ने हो भने यसो गर्दा घरमा निकै अशुभ हुने गर्दछ । शास्त्रका अनुसार घरको हरेक कुनामा देवी देवताहरु हुने भएकाले गर्दा घरको मुख्य स्थानहरु जस्तै भान्सा कोठा अन्न भण्डारका स्थानहरुमा चप्पल लगाएर जाने गर्नाले घरको देवी रिसाउने तथा अन्नको भण्डारमा कमि आउन सक्छ ।
घरमा चप्पल जुत्ता राख्नको लागी र्याक पनि बनाईएको हुन्छ तर जुत्ता तथा चप्पल नखोल्ने बानि लागेको कारणले गर्दा मानिसको बानिनै बिग्रीसकेको छ । जथाभावी रुपमा फैलिएको जुत्ता-चप्पलले पनि दरिद्रता ल्याउने गर्दछ । पुराना पुराना जुत्ता तथा चप्पलको प्रयोग धेरै गरेको खण्डमा नकारात्मक उर्जा उत्पन्न हुने गर्दछ । यदि कसैलाई केहि उपहार दिनु परेमा पनि कहिले् जुत्ता उपहार दिनु हुदैन् जसले भाग्यलाई नराम्रो असर गर्ने गर्दछ ।
Comments
0 comments