काठमाडौं । सर्प भन्ने बित्तिकै धेरै जनाको होसहवास उड्छ । अझ तराई क्षेत्रमा सर्पको डर निकै हुने गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पनि सर्पदंशबाट धेरैले ज्यान गुमाइसकेका छन् । सर्पले नाग देवताको रुपमा हिन्दु धर्मालम्बीहरुले पूजा गर्छन् । सर्पबारे यी हुन् विभिन्न १२ रोचक जानकारी :
१. नेपालमा जम्मा २१ प्रजातिका सर्प पाइने गर्छन् । २.सर्पको टाउको, ओठ, पिठ्यूँ, पेट आदिको कत्ला र बनावटको आधारमा विषालु र कम विषालु भनेर छुट्याउन सकिन्छ।
३. गोमन सर्पले एकपटक डस्दा १ सय २० देखि २ सय मिलिग्रामसम्म विष निकाल्ने गर्छ जहाँ मानिसको मृत्यु हुन १२–२० मिलिग्राम काफी मानिन्छ ।
४. करेत सर्पले एकपटकमा ५ देखि २२ मिलिग्रामसम्म विष निकाल्ने गर्छ । यसको २ देखि १० मिलिग्राम विष मानिसको मृत्युको लागि पर्याप्त बन्छ ।
५. रसेल्स भाइपर सर्पले एक पटकमा १ सय २० देखि २ सय ५० मिलिग्रामसम्म विष निकाल्ने गर्छ, तर मानिसको मृत्यु हुन १५–७० मिलिग्राम भए पुग्छ ।
६. राजगोमन सर्पले सयदेखि–५ सय मिलिग्रामसम्म विष निकाल्ने गर्छ । प्राणीको शरीरमा १२–२० मिलिग्राम मृत्युका लागि पर्याप्त बन्छ ।
७. हर्याै सर्पले एक पटकमा १४ मिलिग्राम विष निकाल्छ । तर मानिसको मृत्यु हुन १०० मिलिग्राम चालिन्छ । ८. सर्जरी गर्दा रगत बढी नबगोस् भन्नको लागि केही हदसम्म रगत जमाउने गरिन्छ ।
९. सर्पले डसेको बिरामीको उपचारमा रगतको क्लोटिङ हटाउन सर्पकै विष प्रयोग गरिन्छ । १०. कोब्राको विषमा भएको इन्जाइमलाइ स्नायुसम्बन्धी रोगजस्तै अल्जाइमरको उपचारमा प्रयोग गरिन्छ ।
११. सर्पको विषको इन्जाइमलाइ स्तन क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । १२. छालाको चाउरीपना हटाउनसमेत सर्पको विष प्रयोग गरिन्छ ।
Comments
0 comments