काठमाडौं आउदैं गरेको बस धादिङमा दुर्घटना, १३ जना घाइते

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् ।

ना७ख ३२४० नम्बरको बस बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानीखोलामा दुर्घटना भएको थियो । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । सामान्य घाइतेहरुको शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला ट्राफिक पोस्टका नायब निरीक्षक उद्धव पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोनाले लिभरपुललाई बनायो स्तब्ध

वैदेशिक रोजगारीबाट फर्केका यि युवा तरकारी बेचेरै वार्षिक पाँच आम्दानी गर्दै