मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोनाले लिभरपुललाई बनायो स्तब्ध

काठमाडौं । स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गएको वर्षको फाइनलिस्ट लिभरपुललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे ।

२६ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा मेस्सीले दुई गोल थपेका हुन् । उनले ७५ र ८२ औँ मिनेट अर्थात सात मिनेटको बिचमा दुई गोल गरेका हुन् । मेस्सीको गोलपछि बार्सिलोना ३–० ले विजयी भयो । यो जितले स्पेनिस च्याम्पियन बार्सिलोनाको युरोपियन च्याम्पियन बन्ने सम्भावनाको यात्रा थप सहज बनेको देखिएको छ ।

मेस्सीले गरेको गोलमा एउटा फ्रि किक मार्फत गरिएको निकै सुन्दर गोल पनि सामेल छ । मेस्सीले बार्सिलोनाका लागि ६०० गोलको आँकडा पूरा गरेका छन् । दोस्रो लेग आउँदो मंगलबार लिभरपुलको मैदानमा हुनेछ । बार्सिलोनाको मैदानमा भएको पहिलो लेगमा लिभरपुललाई भाग्यले साथ नदिएको जस्तो पनि देखियो । साडिओ मानेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए तर सफल हुन सकेनन् ।

यस्तै जेम्स मिल्नरले पनि राम्रो प्रयास गरेका थिए । मोहम्मद सालहले पनि राम्रो गरेका थिए, तर गोल भने गर्न सकेनन् । भरपुलका लागि सबैभन्दा ठूलो दबाब र बार्सिलोनाको मुख्य शक्ति मेस्सी रहे । मेस्सीको उत्कृष्ट लयले लिभरपुललाई दबाबमा राख्यो र बार्सिलोनालाई जितको बाटो देखायो । अग्रपंक्तिमा मेस्सी, स्वारेज तथा फिलिप कोन्टिन्होको मिलेको वेभलेन्थले बार्सिलोनालाई बलियो बनायो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Sauraha mulling new tourism packages

काठमाडौं आउदैं गरेको बस धादिङमा दुर्घटना, १३ जना घाइते