विश्व विजेता गोलरक्षक इकर कासिलास हृदयघात भएपछि अस्पताल भर्ना, अवस्था कस्तो छ ?

काठमाडौं । स्पेनका विश्वकप विजेता गोल रक्षक इकर कासिलासलाई हृदयघात भएको छ । अभ्यासको क्रममा हृदयघात भएपछि उपचाररत कासिलासको अवस्था स्थिर रहेको जनाइएको छ । कासिलासले समाजिक सञ्जाल मार्फत आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिँदै अवस्था नियन्त्रणमा रहेको उल्लेख गरेका हुन् । पोर्चुगिज क्लब पोर्टोमा रहेका कासिलासलाई अभ्यासको क्रममा हृदयघात भएको थियो ।

३७ वर्षका कासिलासको अवस्था स्थिर रहेको छ र उनी अस्पतलामा डाक्टरको निगरानीमा छन् । स्पेनिस क्लब रियल मड्रिडका सर्वोत्कृष्ट गोलरक्षकका रुपमा सदैब सम्झना गरिने कासिलासले आफूले निकै ठूलो भयको सामना गरेको उल्लेख गरेका छन् । तर आत्मबल भने उस्तै रहेको उनले बताएका छन् ।

उनलाई बुधबार बिहान हृदयघात भएको हो । कासिलास पोर्टोको सियुएफ अस्पतालमा रहेको र उनको अवस्था स्थिर रहेको तथा मुटुमा देखिएको समस्या समाधान भएको पोर्टोले जारी गरेको वक्तव्यमा उल्लेख छ । रियल मड्रिडमा १६ वर्षको करिअरमा उनले ७२५ खेल खेलेका थिए । त्यसक्रममा उनले तीन पटक च्याम्पियन्स लिग तथा पाँच पटक ला लिगाको उपाधि जिते ।

यस्तै उनी लगातार दुई पटक सन् २००८ र २०१२ मा युरोकप जित्ने तथा सन् २०१० मा विश्वकप जित्ने स्पेनिस टिममा पनि थिए । रियल मड्रिडले आफ्ना पूर्व गोलरक्षकको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपाली चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा करोडौँ मूल्य बराबरको चिनी गोदाममा थन्कियो

इतिहास भनेको सम्पत्ति हो, हामी सबै मिलेर मकवानपुरगढीको संरक्षण गर्नुपर्छ