काठमाडौं ।बार्सिलोनाका स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीले ६०० गोलको आँकडा पूरा गरेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा लिभरपुलसँग भएको सेमिफाइनलको पहिलो लेगमा ३–० को जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे । उनले खेलको ७५ औँ र ८२ औँ मिनेटमा गोल गरेका हुन् ।
७५ औँ मिनेटमा उनले बार्सिलोनाबाट ५९९ औँ गोल गरे । त्यसको सात मिनेटपछि २५ यार्डबाट सुन्दर फ्रि किक मार्फत आफ्नो खेल जीवनको ६०० औँ क्लब गोल गरेका हुन् मेस्सीले ।मेस्सीले बार्सिलोनामा १४ वर्षको अवधिमा ६०० गोल गरेका हुन् । उनले सन् २००५ को मे १ मा अल्बाकेते विरुद्धको खेलमा बार्सिलोनाबाट पहिलो गोल गरेका थिए । १४ वर्षपछि मे १ कै दिन उनले क्लबबाट ६०० औँ गोल गरेका हुन् ।
मेस्सीले गरेका ६०० गोलमा हेडमार्फत २२, बाँया गोडामार्फत ४९१ तथा दायाँ गोडामाफृत ८५ गोल गरेका हुन् । दुई गोल बायाँ गोडाको घुँडा भन्दा तल्लो भागबाट भएको छ । मेस्सीले बार्सिलोनाबाट ६८३ खेलमा ६०० गोल गरेका हुन् । उनी एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी हुन् ।
Comments
0 comments