काठमाडौं  ६  बैशाख  । सरकारले सहरी क्षेत्रका  सम्पुर्ण विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज सोमबार बिहान  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले  यस्तो निणर्य गरेको  हो ।  सहरी क्षेत्रका सम्पुर्ण विद्यालय बन्द गरी   अनलाइन कक्षा सञ्चालन  गर्ने निणर्य समेत भएको  सरकारका प्रवक्ता पार्वत गुरुङले  बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।