काठमाडौँ ६ वैशाख । आज सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सभामुख अग्नि सापकोटासँग परामर्श नै नगरी जारी सांसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ ।प्रधानमन्त्रीले संसद अधिवेशन आह्वान र अन्त्य अगाडि सभामुखसँग परामर्श गर्ने परम्परा भएकाले आफुसँग विना परामर्श संसद अधिवेशन अन्त्य गर्न लागेको विषयमा सभामुख सापकोटा आक्रोशित भएको सचिवालयका एक सदस्यले भने ।

गत पांष २३ गते देखि जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निणर्य आजको बुसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सभामुख सापकोटाबिच सम्बन्ध बिग्रिदै गएकाले विना जानकारी संसद अधिवेशन अन्त्य गर्न लागेको प्रति सापकोटा आक्रोशित बनेका हुन् ।गत शुक्रबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सापकोटाले अमेरिकी परियोजना एमसीसी अनुमोदनका लागि असहयोगी भूमिका खेलेकाले पदबाट हटाउनेसम्मको चेतावनी दिएका थिए ।

सापकोटाका सचिवायलका एक सदस्यले भने ‘संसदको अधिवेशन बोलाउँदा र अन्त्य गर्दा सरकार प्रमुखले सभामुखसँग परामर्श गर्ने परम्परा छ तर, प्रधानमन्त्रीले आफूलाई निषेध गरेर अधिवेशन अन्त्य गरेकामा सभामुखज्यू दुःखी र आक्रोशित हुनुहुन्छ ।’सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।