काठमाडौँ ५ बैशाख  । नेता रामबहादुर थापा बादलको  पद गएको  १२ घण्टा नबित्द  फेरि  पदपुर्ति   नियुक्त गरिएको  छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम   बादललाई पुन  गृहमन्त्रीमा  नियुक्ति गरिएको  छ । राष्ट्रपति कार्यालय  शितल निवासका  प्रवक्ता  रुपनायारण  भट्टराईले आन एक विज्ञप्ती मार्फत  बादललको पदपुर्ति गरिएको जानकारी गराएका   हुन्   ।

२०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित भएका  बादललाई  पार्टी परिर्वतन गरेको आधारमा माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेको  हो । आजै  पदमुक्त भएको भएको बादललाई एमाले नेताको हैसियतले प्रधानमन्त्री केपी  शर्मा ओलीको सिफारिसमा  राष्ट्रपतिले  नियुक्त गरेकी हुन्    ।