चितवन ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा लागेको बताएका छन् । आज आइतबार चितवनको माडीमा आयोजित युवा संघको कार्यक्रमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

केहि दिनमै ‘निरङ्‌कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’ उनले भने कर्णाली र गण्डकी प्रदेशको राजनीति अवस्थालाई हेर्दा ओली गुटको के अवस्था भयो स्पष्ट हेर्न सकिन्छ भन्दै प्रचण्डले भने ,
‘कर्णालीमा के भयो रु तपाई हामीले देखेका छौं । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो, तपाई हामीले देखेका छौं । गण्डकी के हुँदैछ तपाईँ हामीले देखेका छौं र लुम्बिनी प्रदेशमा के हुँदैछ, तपाई हामीले देख्दैछौं ।’ केहि दिनमा नै काठमाडौको राजनीतिमा कायापलट हुने पनि प्रचण्डको दावी रहेको छ ।