काठमाडौँ ६ बैशाख । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने गरेको छ । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आज दिउँसो १ बजेबाट लागु हुने गरी हिउँदे अधिवेशन अन्त्य गर्ने निणर्य भएको सहरी विकासमन्त्री प्रभु साहले जनाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । जसअनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य गरेको हो । जेठ १५ गते बजेट ल्याउने र नयाँ बजेट ल्याउन भन्दा अगाडी नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले आज बसेकोम मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निणर्य गरेको हो ।

आगामी जेठ १५ गते बजेट ल्याउने सरकारको तयारी रहेको छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् पुर्नस्थापना भएपछि संसद् अधिवेशन आह्वान गरेकी थिइन् , भने सरकारकै सिफारिसमा राष्ट्रपति भण्डारीले गत पौष ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले गत फागुन ११ गते त्यसलाई पुनस्स्थापना गरेको थियो ।